Indreni smart solution
Indreni Smart Solution is a trusted and modern service center providing computer classes, digital skill training, remittance services, and computer parts & accessories at affordable prices.




हाम्रो बारेमा
परिचय
आजको डिजिटल युगमा कम्प्युटर हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण आवश्यकता बनेको छ। पढाइदेखि लिएर अफिसका काम, इन्टरनेट प्रयोग, सञ्चार, तथा व्यक्तिगत विकाससम्म—कम्प्युटरले हरेक क्षेत्रमा ठूलो भूमिका खेलेको छ । कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउनु को साथै आधुनिक शिक्षा, जागिरको तयारी, व्यवसाय सञ्चालन र विभिन्न प्राविधिक सीप सिक्न कम्प्युटर अनिवार्य जस्तै बनेको छ। त्यसैले, कम्प्युटरलाइ आजको विश्वमा ज्ञान, विकास र अवसर प्राप्तिको प्रमुख साधन मानिन्छ।
इन्द्रेणी स्मार्ट सोलुशनले विद्यार्थीहरूलाई आधुनिक डिजिटल सीप, प्राविधिक दक्षता र व्यावहारिक ज्ञान प्रदान गर्दै स्थानीय स्तरमा गुणस्तरीय डिजिटल शिक्षा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बदलिँदो सूचना–प्रविधि (IT) क्षेत्रमा भएको मागलाई पहिचान गर्दै, विद्यार्थी , कर्मचारी र ब्यापारी स्तरसम्मका व्यक्तिहरुलाइ आवश्यक पर्ने कम्प्युटर तालिमका शिक्षा तथा प्राविधिक प्रशिक्षण मार्फत भविष्य–उन्मुख, रोजगारमुखी र व्यावहारिक दक्षताको विकास गराउने काम गरेको छ। । विद्यार्थीहरुको सीप विकास, आत्मविश्वास, र करियरको अवसरलाई प्राथमिकता दिँदै, आजका युवाहरूका लागि एक भरोसाजनक आधुनिक कम्प्युटर सिकाइ केन्द्रको रूपमा इन्द्रेणी स्मार्ट सोलुशन स्थापित बनिसकेको छ।
Chandra bahadur Pulami magar
Managing Director
कार्यालय ब्यबस्थापन टिमहरु ( office managment team)
Chandra Bahadur Pulami Magar
Manager
9848107027